बुधबार, वैशाख २६, २०८१

सिटिजन्स बैंकका कार्डबाहकहरुलाई होटल जंगल क्राउनको सेवाहरुमा १०% सम्मको आकर्षक छुट

मेरोन्यूज २०७९ भदौ १५ गते १८:३३

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवनस्थित होटल जंगल क्राउन प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

Advertisement

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले होटल जंगल क्राउनले प्रदान गर्ने सेवाहरुमा १०% सम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ ।

प्रतिक्रिया