आइतबार, वैशाख १६, २०८१

सप्तरीमा तस्कर समूहको आक्रमणबाट तीन प्रहरी घाइते, घट्नालाई ‘चोख्याउने’ प्रयास !

मेरोन्यूज २०७९ भदौ १५ गते २१:०२


काठमाडौं । केही दिन अघि सप्तरीको बेल्ही नाकाबाट भित्रिएको तस्करीको सामान बरामद गर्न गएको प्रहरी टोलिमाथी आक्रमण गर्दा ३ जना प्रहरी घाइते भएपनि त्यसलाई गुपचुप राखिएको छ । सशस्त्र प्रहरी बलका कर्मचारीहरु कम संख्यामा रहेको र तस्कर समूह धेरै संख्यामा रहेका कारण प्रहरीमाथि आक्रमण भएको थियो । सो आक्रमणमा पनि डिउटीमा खटिएका तीन सशस्त्र प्रहरी घाइते भएका छन् ।

बेल्ही नाकामा भएको बिओपीसँग मिलेर सशस्त्र प्रहरीका सप्तरीका एसपी रमेश कुमार थापाले डिउटीमा कम जनशक्ति परिचालन गर्दा तस्कर समूहको आक्रमणमा प्रहरी कर्मचारीहरु परेका हुन् । एसपी थापाले अहिले उनीहरुलाई उपचार गर्नुको साटो घट्ना गुपचुप राख्ने प्रयास गरिरहेका छन् ।

‘एसपीले विओपीमा रहेका जनशक्तिलाई आउट छाड्न निर्दैशन दिएका छन् त्यही भएर विओपीले पनि कम जनशक्ति परिचालन गर्ने गरेको छ, जिल्लाभरि नै सशस्त्र प्रहरीका अधिकारीहरु आउट गएका छन्’, स्रोतले भन्यो ।

सप्तरी मात्र होइन अहिले धनुषाका एसपी प्रकाश कुमार सुवेदी, महोत्तरीका एसपी दिपेन्द्र गिरि , बाराका एसपी राजेन्द्र थापा तथा पर्साका एसपी तेज पोखरेलको धन्दा पनि उस्तै छ । ती जिल्लाका विभिन्न नाका बाट तस्करी मौलाएको श्रोत बताउँछ । पर्सामा केही दिन अघि भन्सार कार्यालयका कर्मचारीमाथि कुटपीट नै भएको थियो ।

प्रहरीले छाडेको सामान बरामद गर्दा भन्सारका कर्मचारीलाई प्रहरीले कुटपीट गरेका थिए । पर्साका एसपी पहिला इन्टेलीजेन्स व्यूरोमा बसेका कारण उनलाई नाकामा के हुन्छ के हुँदैन भन्ने थाहा भएकै कारण पर्साबाट सहजै सामानहरु आउने जाने भएको स्रोतको दावी छ ।

सबै भन्दा बढी महोत्तरीको सम्सीनाकाबाट तस्करी भइरहेको श्रोतको दाबी छ । इन्सपेक्टर जयराम बस्नेतले सेटिङ मिलाउने गरेको स्रोतको दावी छ । अहिले सो नाका हुँदै भारत बाट तेल , चिनी , लत्ताकपडा , हार्डवयरको सामान आदि तस्करी भइरहेको बताइन्छ ।

यता जोलजिबी बिओपी दार्चुला परेको काजलाई डवल काज गराएर कमाउ धन्दाको लागि सुबर्णपर पर्सा पुगेका इन्सपेक्टर दिपक नापित समेत कमाउ धन्दामा लागेको श्रोतको दावी छ । उनी शक्ति केन्द्रको आडले त्यहाँ गएका हुन् ।

प्रतिक्रिया