आइतबार, वैशाख १६, २०८१

स्रोत नखुलेको २४ लाखसहित युवक पक्राउ

मेरोन्यूज २०७९ भदौ १३ गते १७:२६

काठमाडौँ । रुपन्देहीबाट स्रोत नखुलेको २४ लाख रुपैयाँसहित एक जनालाई पक्राउ परेका छन् । रुपन्देही प्रहरीले बुटवल उपमहानगर ८ सुख्खानगर बस्ने २८ वर्षीय सन्दीप शाक्यलाई पक्राउ गरेको हो ।

आइतबार अपराह्न साढे ४ बजे सिद्धार्थनगर नगरपालिका १ बाइपासस्थित स्रोत नखुलेको अवैध रकम ओसारपसार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शाक्यले बोकेको कालो रङको झोलाबाट स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ फेला परेको थियो ।

रकमसहित पक्राउ परेका शाक्यलाई आवश्यक कारबाहीका लागि सोमबार भैरहवा भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया