शुक्रबार, वैशाख २८, २०८१

एमाले केन्द्रीय कमिटि बैठक

यस्तो छ एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

एमाले विरुद्धको घेराबन्दी र बृहत षड्यन्त्र सतहमा हेर्दा चुनौतीपूर्ण देखिएपनि यो अभेद्य छैन

मेरोन्यूज २०७९ भदौ १० गते १३:५६

काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलले एमाले विरुद्द जारी राखेको धुव्रिकरण तत्कालका लागि चुनौतिपूर्ण रहेपनि दीर्घकालिन हिसावमा सकारात्मक रहेको बताएका छन् ।

Advertisement

पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आज देखि शुरु भएको केन्द्रीय समिति बैठकमा ओलीले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । ओलीले राष्ट्रियताको रक्षा, लोकतन्त्रको सुदृढीकरण, जनजीविकाको उत्थान र समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा एमाले निर्विवाद नेताका रुपमा स्थापित भएको दावी गरेका छन् ।

‘तत्कालका लागि देखिएको प्रतिकुल शक्ति सन्तुलन, हाम्राविरुद्धको घेराबन्दी र बृहत षड्यन्त्र सतहमा हेर्दा चुनौतीपूर्ण देखिएपनि यो अभेद्य छैन,’ ओलीको प्रतिवेदनमा भनिएको छ ।

हेर्नुहोस ओलीको राजनीतिक प्रतिवेदनको पूर्ण पाठ

प्रतिक्रिया