बुधबार, वैशाख २६, २०८१

काठमाडौंमा अझै तीनघण्टा उच्च सतर्कता अपनाउन आग्रह 

मेरोन्यूज २०७९ साउन २९ गते ६:५५

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गएरातिदेखि नै भारी वर्षा भएको छ । त्यसैले उपत्यकाका नदी तथा खोला किनारका स्थानीय र करिडोरको सडक प्रयोग गर्दा सतर्क हुनुपर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 
“पछिल्लो तीनदेखि ६ घण्टामा काठमाडौं उपत्यकाको मनोहरा, गोदावरी खोला, वाग्मती, बिष्णुमती जलाधारको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ,” महाशाखाले बिहान ५ बजे सूचना जारी गर्दै भनेको छ, “सबै नदीमा जलसतह बढ्दो छ, मनोहरामा जलसतह सतर्कता आसपाससम्म पुग्न सक्छ । अर्को तीन घण्टा नदी किनारको सडक भई यात्रा गर्दा उच्च सतर्कता अपनाऔं ।”

Advertisement

प्रतिक्रिया