सोमबार, वैशाख १७, २०८१

आजबाट ६८ वर्ष पुरा गरेका सबैले वृद्धभत्ता पाउने

मेरोन्यूज २०७९ साउन १ गते ९:४५

काठमाडौं । आजबाट ६८ वर्ष पुरा गरेका सबै जनाले वृद्धभत्ता पाउने भएका छन् । नेपाल सरकारको आर्थिक वर्ष २०७९/८०को बजेटले ६८ वर्ष पुरा गरेका सबैलाई वृद्ध भत्ता दिने निर्णय गरेको थियो ।

सोही निर्णय अनुरुप आजबाट सो उमेरका सबै व्यक्तिहरुले वृद्धभत्ता पाउने छन् । यसअघि ७० वर्ष पुरा गरेकाहरुले मात्रै वृद्ध भत्ता पाउने गरेका थिए ।

प्रतिक्रिया