सोमबार, वैशाख १७, २०८१

राष्ट्रिय अनुसन्धान विभागको एआइजीमा कुलदीप थापा नियुक्त

मेरोन्यूज २०७९ असार ३१ गते १४:२९

काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागको एआईजी सरहको एक मात्र अतिरिक्त अनुसन्धान निर्देशक पदमा कुलदीप थापालाई बढुवा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले यही साउन पहिलो साता अनिवार्य अवकाशमा जान लागेका थापालाई फुली थप्ने निर्णय गरेको बताईएको छ ।

वैशाख ९ मा विभागका अतिरिक्त अनुसन्धान निर्देशक यादव रेग्मी अवकाशमा गएसँगै रिक्त छ पदका लागि २०७४ भदौ १४ मा डिआइजी भएका ४ अधिकृतहरू हुत राज थापा, कुल दीप थापा, हरिहर पौडेल र होम जोशी प्रतिस्पर्धामा रहेका थिए ।

त्यस्तै प्रतिसपर्धाको दोस्रो लाईनमा त्यसपछि बढुवा भएका ४ जना टेकेन्द्र कार्की, प्रकाश पाण्डे, सुमन वैद्य र मधु कार्कीसमेत थिए । तर सबैलाई पन्छाएर सरकारले कुलदीप थापालाई नियुक्त गरेको हो ।

प्रतिक्रिया