बिहीबार, वैशाख २७, २०८१

प्रसाईं परिवारद्वारा श्री कृष्ण प्रणामी मन्दिरका लागि १५ लाख रुपैयाँ दान

मेरोन्यूज २०७९ असार २६ गते १८:३२

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका ८ स्थित श्री नवतनधाम श्रीकृष्ण प्रणामी मन्दिरका लागि करिब १५ लाख रुपैयाँ हस्तान्तरण भएको छ । स्व. बद्री प्रसाद प्रसाईंको सम्झनामा उनकी धर्मपत्नि देवमाया तथा छोरा, बुहारी, छोरी नातिनातिनाहरुले नवतनधान एवं निजानन्द एकेडेमी सञ्चालन गर्न अक्षय कोषका लागि १५ लाख १६ हजार ६६६ रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

Advertisement

श्री नवतनधाम श्रीकृष्ण प्रणामी मन्दिरमा बुवाको स्मृतिमा अक्षयकोष स्थापनाका लागि लागि १० लाख ११ हजार १११ रुपैयाँ र कान्छो भाइ स्व. भरत प्रसाईंको स्मृतिमा निजानन्द एकेडेमीमा अध्ययनरत विद्यार्थीलाई वार्षिक छात्रवृत्ति प्रदान गर्न ५ लाख ५ हजार ५५५ रुपैयाँको अक्षय कोष स्थापना गर्न उक्त रकम हस्तान्तरण गरिएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

कार्यक्रममा श्री नवतनधाम श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रीय अध्यक्ष श्याम कृष्ण शर्माले समाजसेवामा संलग्न रही उक्त अक्षय कोष स्थापनाका लागि रकम हस्तान्तरण गर्ने सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

प्रतिक्रिया