शुक्रबार, वैशाख १४, २०८१

युवकसँग होलटमा बसेकी सदीक्षा मृत फेला, युवक फरार

मेरोन्यूज २०७९ असार २६ गते १६:३८

बुटवल । युवकसँग होटलमा बास बस्न गएकी युवती मृत अवस्थामा फेला परेकी छन् । युवक सम्पर्कविहीन भएकाले मृत्युको कारण खुल्न सकेको छैन ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार बुटवल उपमहानगर ३ मा रहेको होटलमा बुटवल २ कि २१ वर्षीया सदीक्षा गुरुङ झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

शुक्रबार राति एक युवकसँग होटलमा आएर बसेकी उनलाई शनिबार मध्याह्न कोठा चेकआउट गर्न भन्दै जाँदा होटल साहुले मृत अवस्थामा देखेका थिए । उनले प्रहरीलाई खबर गरेपछि प्रहरी पुगेर शव निकालेको हो ।

‘ती युवती र युवक राति साढे १० बजे होटलमा गएको खुलेको छ, युवकले राति नै बिल तिरेर गएको र पछि चेक आउट हेर्न जाँदा युवती झुण्डिएको भन्दै राति १२ बजे होटल सञ्चालकले फोन गर्नु भएको थियो,’ प्रहरी नायब उपरीक्षक केसीले भने ।

शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको केसीले बताए । सँगै गएका युवकको अहिलेसम्म पहिचान नभएको र अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया