शुक्रबार, वैशाख १४, २०८१

बुढीगंगामा ६ वडा मत गणना सकिँदा कांग्रेसले खोल्यो खाता

मेरोन्यूज २०७९ असार २५ गते २०:१२

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मत गणनाअन्तर्गत ६ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ६ वडाको मत गणना सम्पन्न हुँदा नेपाली कांग्रेसले एक ठाउँमा जित हात पारेको छ ।

नेपाली कांग्रेसले बुढीगंगा नगरपालिका ८ का वडाध्यक्ष पद जितेको हो । वडा नम्बर ८ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश बहादुर रावल विजयी भएका हुन् । नेकपा एमालेका उम्मेदवार विराज रावललाई पराजित गर्दै उनी वडाध्यक्षमा विजयी भएका हुन् ।

वडा नम्बर १ मा एमाले रणबहादुर थापा, वडा नम्बर–२ मा नेकपा एमालेका पदम बहादुर भण्डारी, वडा नम्बर–३ मा नेकपा एमालेका खडबहादुर अधिकारी, वडा नम्बर–९ मा मीनबहादुर सिंह र वडा नम्बर–१० मा एमालेकै दलबहादुर साउद डेभिड विजयी भएका हुन् । अहले वडा नम्बर–४ र ७ को मत गणना भइरहेको छ ।

मेयरमा एमालेका उम्मेदवार राम बहादुर बानियाँ तीन हजार ३५१ मतसहित अग्र स्थानमा रहँदा नेपाली कांग्रेसका उम्मेदवारी दिएका रंगबहादुर खातीले एक हजार ७८९ मत ल्याएका छन् ।

उप मेयरमा एमालेकी माया कुमारी खड्का (कुँवर) तीन हजार २५८ मतसहित लिड गरिरहेकी छन् । कांग्रेसकी उम्मेदवार रिता शाही (शाह)ले एक हजार ८६२ मत ल्याएकी छन् । यहाँ ९ हजार १२८ मते खसेको थियो ।

प्रतिक्रिया