बुधबार, वैशाख २६, २०८१

सरल सहयात्रीले सोधे – रुनेवित्तिकै पार्टीमा केन्द्रीय सदस्य बनाईदिने ?

मेरोन्यूज २०७९ असार १९ गते १३:४२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्रीले पार्टीमा रुने वित्तिकै केन्द्रीय सदस्य बनाउने क्रम शुरु भएको बताएका छन् । पार्टी केन्द्रीय समिति बैठकमा बागमति प्रदेशका तर्फबाट रिपोट पेश गदै सहयात्रीले पार्टी असाध्यै भावुक भएको बताएका हुन् ।

Advertisement

कसैले रोइकराई गरेभने योग्यता नभएपनि केन्द्रीय समिति सदस्य बन्ने अवस्था आयो, पार्टी असाध्यै भावुक हुन थाल्यो, अध्यक्ष सहयात्रीले भने ।

पार्टीभित्र पदाधिकारी चयन हुन नसक्नु र गन्जागोलमै पार्टी रहनुले पनि पार्टीलाई क्षति पुगिरहेको उनको भनाई थियो । उनले तत्काल पदाधिकारी चयनका साथै स्थायी कमिटी, पोलिटब्युरोलगायत पनि गठन गरेर जान पार्टी नेतृत्वलाई सुझाव दिए ।

प्रतिक्रिया