बुधबार, वैशाख २६, २०८१

माओवादी बैठकमा गणेश शाहले भने – मधेसमा पार्टीभित्रै अन्तर्घात भयो, छानविन समिति बनाऔं

मेरोन्यूज २०७९ असार १९ गते १३:३४

काठमाडौं । मधेसमा अपेक्षित चुनावी परिणाम ल्याउन नसकेको माओवादी केन्द्रले मधेसमा पार्टीभित्रकै अन्तर्घातका कारण चुनावमा पराजित हुनुपरेको बताएको छ । पार्टी केन्द्रीय समिति बैठकमा मधेस प्रदेशका तर्फबाट रिपोर्ट पेश गदैं मधेसको जिम्मेवारी हेरिरहेका नेता गणेश शाहले नेताहरुबीचको विवादका कारण गएको स्थानीय चुनावमा अन्तर्घात भएको बताएका हुन् ।

Advertisement

उनले त्यस्तो अन्तर्घातको छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने बताए । त्यसका लागि उनले छानविन समिति गठन गर्न केन्द्रीय समिति बैठकमा माग गरेका छन् ।

माओवादीले नै अरु पार्टीलाई मत बेचेको भन्ने सुनिएको भन्दै शाहले यसबारे छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन् ।
छानविन समिति गठन गरियोस, समितिको सिफारिसअनुसार कारबाही पनि होस् । अनुशासन समिति गठन पनि होस् । अनुशासन समितिको सिफारिसअनुसार कारबाही पनि होस् ।’ शाहले भने ।

उनले भने, ‘पार्टीभित्र मनमुटाव तथा अन्तरसंघर्ष निकै बढ्यो जस्तो लाग्यो । चुनावको बेला हाम्रो मधेसमा अप्रत्याशित पराजय भयो । यसबारे के गर्नुहुन्छ केन्द्रीय समितिले निर्णय गरोस् । हिजोबाट सिकेर आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे लागौँ ।’

शाहले अध्यक्षले मधेसका जिम्मेवार नेताहरुलाई राखेर गम्भीर समिक्षा गरिनुपर्नेमा पनि जोड दिए । मधेसमा माओवादीभित्र मात्रिका यादव र गिरिराजमणि पोखरेलका आन्तरिक गुट झाँगिदो छ । तयसमाथी शाहको पनि आफ्नै समुह छ ।

शाहले प्रदेश कमिटी र पदाधिकारीको चयन हुन नसक्नु, गठबन्धन प्भावकारी हुन नसक्नु पनि मधेसमा माओवादी कमजोर हुनुको अर्काे कारण भएको बताए ।

प्रतिक्रिया