बुधबार, वैशाख २६, २०८१

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु, पदाधिकारी र स्थायी समिति चयन एजेण्डा बनेन

मेरोन्यूज २०७९ असार १९ गते १२:३३

काठमाडौं । लामो समयसम्म पदाधिकारी चयन गर्न नसकी पाटीृ संगठनलाई गति दिन नसकेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा तीन दिनसम्म चलने भनी बोलाइएको बैठकको सुरुमा अध्यक्ष प्रचण्डले बैठकका कार्यसूचीबारे जानकारी गराएका छन् ।

Advertisement

प्रचण्डले प्रस्तुत गरेको कार्यसूचीमा संगठनात्मक एजेण्डामा पोलिटब्यूरो गठन र कार्यविभाजन एजेण्डामा क र ख भनेर उउललेख गरेपनि स्थायी समिति र पदाधिकारी गठनको विषय एजेण्डामा राखिएको छैन ।


बबैठकमा एजेण्डा प्रस्तुत गदैं अध्यक्ष प्रचण्डले बैठकका कार्यसूची थपघट गर्ने भए आफना भनाई राख्न केन्द्रीय सदस्यहहरुलाई समय दिएका छन् ।

१) सहिदहरूप्रति श्रद्धाञ्जली

२) केन्द्रीय समितिका नयाँ सदस्यको सपथ ग्रहण

३) बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी

४) प्रदेश समितिका अध्यक्ष र इञ्चार्जबाट प्रदेश स्थितिबारे रिपोर्ट

५) अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट

६) संगठनात्मक विषय र संरचनाबारे
क) पोलिटब्यूरो
ख) काार्यविभाजन र संरचनाबारे

७) स्थानीय निर्वाचनको समीक्षा

८) आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीबारे

९) विविध

प्रतिक्रिया