शुक्रबार, वैशाख १४, २०८१

राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

मेरोन्यूज २०७९ असार १७ गते ७:३७

काडमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। साउन ५ र ६ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बोलाएको हो ।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बैठक समसामयिक राजनीति, चुनावी समीक्षा, अब हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन तयारी र रणनीतिलगायत विषयमा छलफल गर्न बोलाइएको जानकारी दिए।
यसअघि असार पहिलो साता केन्द्रीय समिति बैठक बोलाइए पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो।

प्रतिक्रिया