बिहीबार, वैशाख २७, २०८१

नेपालमा बढ्यो कोरोना, थप ५५ जनामा संक्रमण पुष्टि

मेरोन्यूज २०७९ असार १६ गते १७:३१

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६९८ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मृत्युदर शून्य रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या २८० रहेको मन्त्रालयले जनाएको छ । पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया