शुक्रबार, वैशाख १४, २०८१

ललितपुर महानगरभित्र पानीपुरी आजदेखि बेच्न नपाइने

मेरोन्यूज २०७९ असार १२ गते १२:१३

ललितपुर । ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी विक्री वितरण गर्न रोक लगाउने भएको छ।
पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगरपालिकाले पानीपुरी बेच्न प्रतिबन्ध लगाएको छ।

पानीपुरी नबेच्न आग्रह गर्दै नगर प्रहरीले आइतबार माइकिङ गरेर जानकारी दिइरहेको छ।

नगर प्रहरी प्रमुख सीताराम हाथेछुले पानीपुरीमा प्रयोग गरिने पानी दूषित र हैजाका जीवाणु मिसिएको हुन सक्ने भएकोले बिक्री वितरणमा रोक लगाउनुपरेको उनले बताए। उनलेभने, ‘महानगरभित्रका सडक र गल्लीमा माइकिङ गर्दै पानीपुरी नबेच्न भनेका छौं ।’

यसअघि काठमाडौंको बागबजार क्षेत्रमा बसोबास गर्ने दुई जनामा हैजाको जीवाणु देखिएको थियो।

प्रतिक्रिया