बुधबार, वैशाख २६, २०८१

काठमाडौँमा हैजा फैलिएसँगै गृहमन्त्री खाँणले दिए रोकथाम गर्न निर्देशन

मेरोन्यूज २०७९ असार ११ गते १०:३७

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौँ उपत्यकासहित केही स्थानमा देखा परेको कलेरा (हैजा)बारे सम्बन्धित पक्ष र सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् ।

Advertisement

मन्त्री खाँणले शनिबार बिहान स्वास्थ्य सचिव डाक्टर रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रहरी अस्पतालका प्रमुख डाक्टर आशा सिंह, सशस्त्र प्रहरी अस्पतालका प्रमुख रुपक महर्जनसँग केही दिनदेखि देखा परेको कलेराको अवस्था र रोकथामबारे छलफल गरेका हुन् ।

उनले खानेपानीको अवस्था, खानेपानीको परीक्षणबारे जानकारी लिएका थिए । हैजा संक्रमित विरामीको उपचारबारे पनि उनले जानकारी लिएका थिए ।

सशस्त्र प्रहरी अस्पतालका प्रमुख डाक्टर महर्जनले अहिले हैजाको अवस्था र रोकथामबारे भएका तयारीबारे गृहमन्त्री खाँणले जानकारी लिएको बताए । मन्त्री खाणले अवस्था जटिल बन्दै गएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयोजनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका चिकित्सकहरूले पनि रोकथाम र नियन्त्रणमा खटिनु पर्ने अवस्था आउन सक्ने भन्दै तयारी रहन निर्देशन दिए ।

उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्यारेकमा खानेपानीको अवस्थाबारे जानकारी लिँदै जवानलाई कलेराले प्रभावित पार्न नदिन विशेष ध्यान दिन पनि निर्देशन दिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई कलेरा प्रभावित क्षेत्रको अवलोकन गरी स्थानीयमा हैजा फैलने अवस्था कस्तो छ ? रोकथामका लागि के के उपाय अपनाइएको छ ?, त्यसबारे जानकारी लिन निर्देशन दिएका छन् ।

प्रहरी अस्पतालका प्रमुख डाक्टर सिंहले हैजाको अवस्था र अस्पतालको तयारीबारे गृहमन्त्रीले जानकारी लिएको बताए ।

प्रतिक्रिया