सोमबार, वैशाख २४, २०८१

नेपालमा पनि मंकीपक्स देखिएको आशंका

मेरोन्यूज २०७९ असार २ गते १७:००

Advertisement

काठमाडौँ । नेपालका एक युवकलाई मंकीपक्स भाइरसको आशंका गरिएको छ । मंकीपक्सको आशंकामा उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा राखिएको छ ।

दुवईबाट आएका ती युवकमा मंकीपक्सको संक्रमणसँग मिल्दो लक्षण देखिएको अस्पतालले जनाएको छ । दुबईबाट आएका २७ वर्षीय ती युवामा लगातार एक सय चार डिग्री ज्वरो आएको थियो ।

उनको शरीर र हातमा राता फोका देखिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया