बिहीबार, वैशाख २०, २०८१

नवलपरासी पश्चिमको जिल्ला अदालतमा गोली चल्यो

मेरोन्यूज २०७९ जेठ २३ गते १७:४१

काठमाडौँ । नवलपरासी पश्चिमको जिल्ला अदालत परिसरमा गोली चलेको छ । सदरमुकाम परासी बजारमा रहेको जिल्ला अदालतको परिसरमा गोली चलेको हो ।

अंशको मुद्दाका झगडिया सरावल गाउँपालिका ४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरी गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गोली चलाउने हर्षरामको खोजी भइरहेको प्रहरीले जनाएको छ । गोली प्रहारबाट कुनै मानवीय क्षति भएको छैन ।

प्रतिक्रिया