बिहीबार, वैशाख २०, २०८१

संसदमा खर्च कटौती गर्ने प्रस्ताव दर्ता

मेरोन्यूज २०७९ जेठ २३ गते १५:४०

काठमाडौं । एमाले सांसद तथा पूर्वमन्त्री वसन्तकुमार नेम्वाङले खर्च कटौतीको प्रस्ताव दर्ता गरेका छन् । प्रतिनिधिससभामा उनले खर्च कटौतीको प्रस्ताव दर्ता गरेका हुन् ।

मन्त्री नेम्वाङले सोमबार विनियोजन विधेयक २०७९ को भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गरेका हुन् ।

‘विगत आर्थिक वर्षदेखि खरिद प्रक्रिया सम्पन्न गरी निरन्तर रुपमा निर्माण हुँदै आइरहेको अत्यन्तै महत्व राख्ने वैकल्पिक सहायक राजमार्गमा आवश्यकताबमोजिम रकम विनियोजन नगरिएका र विस्तृत अध्ययन अनुसन्धानविना वैकल्पिक सहायक राजमार्ग संख्या थप गरिएको कारण निर्माण कार्य सम्पन्न हुन नसक्ने देखिएकाले उक्त शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कामय गरियोस्,’ प्रस्तावमा भनिएको छ ।

प्रतिक्रिया