बिहीबार, वैशाख २०, २०८१

यौन हिंसाविरुद्धको संशोधन विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित

मेरोन्यूज २०७९ जेठ २३ गते १२:५९
फाइल तस्बिर

काठमाडौं । प्रतिनिधि सभाबाट यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पेश भएको प्रस्तावमा छलफलपछि निर्णयार्थ पेश गरिएको थियो ।
सभामुखले निर्णयार्थ पेश गर्दा प्रस्तावको विपक्षमा कुनै सांसदले हुँदैन नभनेपछि प्रस्ताव पारित भएको घोषणा गरिएको हो । छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले दिएका थिए ।

प्रतिक्रिया