शुक्रबार, वैशाख २१, २०८१

मन्त्रिपरिषदबाट बजेट परित

मेरोन्यूज २०७९ जेठ १५ गते १५:१५

काठमाडौं। मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०७९र८० को बजेट पारित गरेको छ। केही बेर अगाडी बसेको मन्त्रिपरिषद बैठकले बजेट पास गरेको हो।

मन्त्रिपरिषदबाट पास हुनुभन्दा अघि राष्ट्रिय योजना आयोगको स्रोत समितिबाट पनि बजेट पारित गरिएको थियो। स्रोत समितिबाट पारित भएसँगै मन्त्रिपरिषदमा पेश गरिएको थियो।

योजना आयोगका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवा, उपाध्यक्ष विश्वनाथ पौडेल आयोगका सदस्यहरु सहभागी थिए। पास भएको बजेट कार्यक्रम अर्थमन्त्री जनार्दन शर्माले बेलुकी ४ बजे बस्ने ससंदको दुबै सदनमा पेश गर्नेछन्।

बजेट सुन्न सासंदहरुलाई पौने ४ बजे नै संसद भवनभित्र पगिसक्न भनिएको छ। यो पटक बजेटबाट सरकारी तलब सुविधा लिने कर्मचारीको तलब, आयकरको सिमा हेरफेरको तयारी गरिएको छ।

प्रतिक्रिया