शुक्रबार, वैशाख २१, २०८१

आज सरकारले बजेट ल्याउँदै

मेरोन्यूज २०७९ जेठ १५ गते ६:४६

काठमाडौं । सरकार आगामी आर्थिक वर्ष ०७९–८० को बजेट आज ल्याउने भएको छ । हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नु पर्ने संवैधानिक प्रावधानअनुरुप आज बजेट आउने भएको हो ।

दिउँसो ४ बजे अर्थमन्त्री जनार्दन शर्माले संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्ने छन् । बैठकमा उनले आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्य सूची छ ।

योजना आयोगले आगामी आवको बजेटका लागि १७ खर्ब ४५ अर्बको सीमा निर्धारण गरिदिएको थियो ।

प्रतिक्रिया