शुक्रबार, वैशाख १४, २०८१

काठमाडौं महानगरको मेयरमा बालेन्द्र र उपमेयरमा सुनिता निर्वाचित

मेरोन्यूज २०७९ जेठ १३ गते ०:०५

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् ।

साहका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए । उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भइन् । उनले ६८ हजार ६१२ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए ।

गत बैशाख ३० गते भएको मतदानको मतगणना बिहीवार राती सकिएको हो । ६ महानगर मध्ये काठमाडौंको मात्र अन्तिम परिणाम आउन बाकी थियो । यधपी यसको औपचारिक घोषणा भएको छैन । शुक्रबार बिहान ८ बजे औपचारिक घोषणा गर्ने निर्वाचन कार्यलय ले जनाएको छ ।

प्रतिक्रिया