बिहीबार, वैशाख २७, २०८१

गाउँपालिका अध्यक्ष जित्ने पहिलो महिला बनिन् अरुणा राई

मेरोन्यूज २०७९ जेठ १ गते १६:३१

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) की अरुणादेवी राई विजयी भएकी छन् । उनी २०७९ को बैशाख ३० मा भएको स्थानीय तहको निवार्चनमा अरुणा जनप्रतिनिधिमा गाउँपालिका अध्यक्ष जित्ने पहिलो महिला हुन् ।

Advertisement

उनले ३०६ मतले उनले शंकरबहादुरलाई पराजित गरेकी हुन् । अरुणाले २८८१ मत ल्याउँदा एमालेका अध्यक्ष पदका उम्मेदवार शंकरबहादुर राईले २५७५ मत ल्याए । शंकरबहादुर यसअघिको निवर्तमान अध्यक्ष थिए ।

खोटाङमा नेपाली कांग्रेस र माओवादीले तालमेल गरेका थिए । उपाध्यक्षमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका खेमबहादुर खड्का २८०५ ल्याएर निर्वाचित भएका छन् । उनीसँग एमालेकी विमला राईं २४९५ मत ल्याएर पराजित भए। २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको थियो ।

प्रतिक्रिया