शुक्रबार, वैशाख १४, २०८१

इंग्लिस प्रिमियर लिग :लिभरपुलले एस्टन भिल्लालाई हरायो

मेरोन्यूज २०७९ वैशाख २८ गते ८:३०

काठमाडौं । एक गोलले पछि परेको स्थितिलाई उल्टाउदै इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एस्टन भिल्लालाई २-१ अन्तरले पराजित गरेको छ ।
मंगलबार भिल्ला मैदानमा लिभरपुलले पुनरागमन जित निकालेको हो । जितसँगै लिभरपुलले उपाधि होड कायमै राखेको छ ।
लिभरपुलको जितमा जोएल माटिप र साडियो मानेले १-१ गोल गरे । घरेलु टोलीका डुगलस लुइजको गोल सान्त्वना बन्यो ।
जितपछि लिभरपुल ३६ खेलबाट ८६ अंकसहित दोस्रो स्थानमा छ ।
एक खेल कम खेलेको म्यानचेस्टर सिटीको समान अंक भएपनि शीर्ष स्थानमा छ । भिल्ला ४३ अंक जोडेर ११औं स्थानमा छ ।

प्रतिक्रिया