मंगलबार, वैशाख २५, २०८१

कांग्रेसको चुनावी घोषणापत्र :

ओलीप्रति कांग्रेसको यस्ता छन् गम्भिर १० आरोप

मेरोन्यूज २०७९ वैशाख ११ गते १४:३१

काठमाडौं । नेपाली कांग्रेसको चुनावी घोषणापत्रमा एमाले अध्यक्ष केपी ओली र उनले नेतृत्व गरेको ४२ महिने सरकारप्रति आरोपै-आरोप लगाइएको छ ।

Advertisement

२०७४ यताको ५ वर्ष त्यक्तिकै खेर गएको भन्दै कांग्रेसले आफनो चुनावी घोषणापत्रमा सत्ता र शक्तिको केन्द्रिकरण गर्ने नाममा ओलीले समग्र प्रणालीलाई नै तहसनहस पार्ने काम गरेको आरोप लगाएका छन् ।

‘केपी शर्मा ओली जस्तो एउटा जनउत्तेजनाको व्यापारीको उन्मादी महत्वाकांक्षाका खातिर आफ्नो दलको सारा शासकीय कौशल लोकतन्त्र र समग्र प्रणालीलाई नै तहसनहस बनाउनेतिर लाग्ने काम भयो,’ कांग्रेसको घोषणापत्रमा भनिएको छ ।

ओली प्रति यस्ता छन् कांग्रेसको गम्भिर आरोप

१) जनादेशको खतरनाक दुरुपयोग

२) अधिनायकवाद र सर्वसत्तावादको सूत्रपात

३) अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि आक्रमण

४) सङ्घीयताविरोधी एकात्मक र नियन्त्रणकारी

५) संवैधानिक निकायको कम्युनिस्टकरण
६) भ्रष्टाचार, अनियमितता र अपारदशीताको क्षेत्रमा नयाँ किर्तिमान
(वाइडबडी जहाज सक्येुरिटी प्रेस सम्बन्धमा ७२ करोड कमिशन, ओम्नी, यतीलगायत भ्रष्टाचार र अनियमितताको फेहरिस्त)

७) सार्वजनिक सम्पत्तिको लुट, भ्रष्टाचार र अनियमितता
८) महामारीमा समेत कमिशन र भ्रष्टाचार

९) प्रतिनिधिसभा विघटन : लोकतान्त्रिक गणतन्त्र र संविधान असफल बनाउने षड्यन्त्र
१०) उत्ताउलो घोषणाको ‘विकास’
(जनअपेक्षाविपरीत उहाँको ‘सृजनशीलता’ र समय पार्टीभित्र र बाहिरका आलोचकप्रति हलुका टीकाटिप्पणी गर्न मै खर्च भयो । नेपालको समृद्धि नै हिमालमा चल्ने चुच्चे रेल र खोलानालामा तैरिने भीमकाय पानीजहाजमा चढेर आउँछ भन्ने उहाँको भ्रान्तिपूर्ण विचारको झिनो आलोचनालाई समेत ‘विकासविरोधी’को संज्ञा दिइयो । गनुपर्ने काम नगरी विकासको उल्टो बाटो हिँडेको ओली सरकार आफ्नो सरकार बन्नु अघिदेखि विगतका सरकारको योजना र प्रयत्नबाट वर्षौंदेखि नियमित काम भई सम्पन्न भएका आयोजनाहरूलाई पनि आफ्नो र आफूले गरेको दाबी गरेर भ्रमको खेती गर्नेक्रम अहिले पनि जारी छ ।)

प्रतिक्रिया