आइतबार, वैशाख २३, २०८१

पौडी खेल्ने क्रममा दुई बालक बेपत्ता

मेरोन्यूज २०७९ वैशाख ५ गते २१:०६

काठमाडौँ । कर्णाली नदीमा पौडी खेल्ने गएका दुई बालक बेपत्ता भएका छन् । अछाम जिल्लाको पन्चदेबल बिनायक नगरपालिका ८ घाटखेतमा आज दिउँसो १ बजे कर्णाली नदीमा उनीहरू बेपत्ता भएका हुन् ।

Advertisement

बेपत्ता हुनेहरूमा रामप्रसाद जैसीका ११ वर्षीय छोरा विराज र गोपाल जैसीका ६ वर्षीय छोरा अभिषेक बगेर बेपत्ता भएका हुन् ।

इलाका प्रहरी कार्यलय कालेकाडाले उनीहरूको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया