आइतबार, वैशाख २३, २०८१

भोलि गठबन्धन बैठकबीच सहमति जुट्छ : प्रवक्ता कार्की

मेरोन्यूज २०७९ वैशाख ५ गते १९:१८

काठमाडौँ । सत्ता गठबन्धनको बैठकपछि सरकारका प्रवक्ता तथा कांगेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सहमति नजिक पुगेको बताएका छन् । उनले आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरूबीच महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा सहमति नजिक पुगेको बताएका हुन् ।

Advertisement

गठबन्धन बैठकपछि पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता कार्कीले गठबन्धन सहमति नजिक पुगेको दाबी गरे । उनका अनुसार ६ वटा महानगर र ११ वटा उपमहानगरको मेयर र उपमेयरबारे सहमति नजिक पुगेको हो ।

मंगलबार बिहान साढे ११ बजे गठबन्धनको बैठक बस्ने र त्यहाँबाट टुंगो लाग्ने उनको भनाइ छ । आइतबार र सोमबार सत्ता गठबन्धनका दलहरू आआफ्नो अडानमा कायम रहँदा सहमतिमा कठिनाई भएको हो ।

प्रतिक्रिया