आइतबार, वैशाख २३, २०८१

पोखरामा प्रचण्डकी बुहारीसहित मेयर र उपमेयरमा ६ जनाको नाम सिफारिस

मेरोन्यूज २०७९ वैशाख ५ गते १९:०४

काठमाडौँ । पोखरा महानगरको मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्रले ६ जनाको नाम सिफारिस गरेको छ ।

Advertisement

केन्द्रमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरूबीच सहमति जुट्न नसक्दा माओवादी केन्द्र कास्कीले मेयर र उपमेयरमा ६ जनाको नाम सिफारिस गरेको हो । जसमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी सिर्जना त्रिपाठीको नामसमेत सिफारिस गरेको हो ।

माओवादी केन्द्र कास्कीका अनुसार मेयर र उपमेयरका लागि ३–३ जना उम्मेदवारको नाम सिफारिस भएको हो । ती नामहरू अब प्रदेश कमिटीमा पठाइने भएको छ ।

मेयरको लागि माओवादी केन्द्र कास्कीका संयोजक बखानसिंह गुरुङ, प्रदेश कमिटी सदस्य विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम सिफारिस गरिएको हो ।

त्यस्तै, उपमेयरमा गोमा ढकाल, सिर्जना त्रिपाठी र सूर्यप्रकाश त्रिपाठीको नाम सिफारिस गरिएको हो ।

प्रतिक्रिया