बिहीबार, वैशाख २७, २०८१

‘केजीएफ च्याप्टर २’को ट्रेलर सार्वजनिक

मेरोन्यूज २०७८ चैत १३ गते १९:२९

काठमाडौँ । बहुप्रतीक्षित फिल्म ‘केजीएफ च्याप्टर २’को ट्रेलर रिलिज भएको छ । दक्षिण भारतीय अभिनेता यश स्टार फिल्मको ट्रेलर आइतबार सार्वजनिक गरिएको हो ।

Advertisement

प्रशान्त निलले निर्देशन गरेको फिल्मको ट्रेलरमा यश, सञ्जय दत्त, रविना टण्डनलगायत कलाकारलाई देखाइएको छ । ‘केजीएफ च्याप्टर २’ आगामी अप्रिल १४ अर्थात् वैशाख १ गते रिलिज हुँदै छ ।

फिल्ममा श्री निधि सेट्टी, प्रकाश राज र माल्विका अविनाशको पनि अभिनय रहेको छ । यसको अघिल्लो सिरिज ‘केजीएफ’ले बक्स अफिसमा आक्रामक कमाई गरेको थियो ।

प्रतिक्रिया