बिहीबार, वैशाख २७, २०८१

यसरी प्रवेश गरिन अभिनेत्री करिश्मा मानन्धर एमाले (तस्विरसहित)

मेरोन्यूज २०७८ चैत ८ गते १५:३४


काठमाडौं । राजनीतिमा कखरा सिक्दै गर्दा डा बाबुराम भटटराईको नयाँ शक्ति पार्टीमा लागेकी करिश्मा मानन्धर अन्तत : अहिले एमालेमा प्रवेश गरेकी छिन् । केही समय भटटराईलाई छोडेर निश्किय वसिरहेकी मानन्धर सोमबारबाट एमाले प्रवेश गरेकी छिन् । उनलाई एमाले अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गरेका छन् ।

Advertisement

मानन्धरले पनि पार्टी प्रवेश कार्यक्रममा ओलीको इनर्जी देख्दा ताजुव नै लाग्ने गरेको र आफुले अन्यत्र गएर पार्टीहरुका विषयमा कुरा गर्दा पनि एमाले राम्रो पार्टी भएको बताउने गरेको भन्दै गुणगान पनि गाईदिइन् ।

त्यक्ति मात्रै होइन, उनले कुनै शर्त र सम्झौता गरेर आफु एमालेमा नआएको पनि बताइन् । तर फेरि सँगै भनिन्, एमालेले दिने जिम्मेवारी स्वीकारेर काम गर्छु ।

फिल्मको छायांकनको काम वीचमै रोकेर आफु पार्टी प्रवेशमा आएको र फेरि यो काकर्यक्रम सकेर उत्तै जान लागेको पनि मानन्धरले त्यस अवसरमा बताएकी थिइन् ।

हेर्नुहोस तस्विरहरु

प्रतिक्रिया