बिहीबार, वैशाख २७, २०८१

गठबन्धन टिकाउनेमै प्रचण्डको ध्यान, पौडेललाई दिए बचन

पौडेलको प्रस्तावः एमसीसी र गठबन्धन दुवै फेल हुनु भएन

सञ्जिता खनाल २०७८ फागुन ९ गते १७:३५

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालै सत्ता गठबन्धन नटुटाउने रणनीति बनाएका छन् ।

Advertisement

गठबन्धन कायमै राख्नकै लागि उनले एमसीसी टेबल गर्न दिने भनी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सहमत गराए । प्रचण्डसँगकै छलफलपछि नेता नेपालले पार्टी नेताहरुको बिरोधकै बाबजुद एमसीसी संसदमा टेबल हुन नरोक्ने स्थायी समिति बैठकबाट औपचारिक निर्णय गराए ।

आइतबार संसदमा सत्ता गठबन्धन दलका नेताहरु तथा सडकमा युवाहरुको विरोधकैबीच एमसीसी प्रस्ताव सदनमा टेबल गरियो । एमसीसी सम्झौता प्रतिनिधिसभा बैठकमा पेश गरिएपछि प्रधानमन्त्री तथा प्रधानमन्त्रीको दल नेपाली कांग्रेसका नेताहरुले एमसीसी पारित गर्ने गरी अन्य राजनीतिक दलका नेताहरुसँगको सम्वाद बाक्लो बनाएका छन् ।

कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन दलका प्रमुख नेताहरुसँगको भेटघाटलाई तिव्र बनाएका छन् । त्यहीक्रममा उनले सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा प्रचण्डसँग भेटवार्ता गरे । अहिले कायम सत्ता गठबन्धनलाई टिकाएर जानुपर्ने पक्षमा रहेका पौडेल गठबन्धन भत्किँदा कम्युनिष्टहरुको गठबन्धन निर्माण हुन सक्ने आशंकामा छन् ।

सोही कारण पनि उनी अहिलेकै गठबन्धन जोगाएर जानुपर्ने त्यसका लागि ठबबन्धन पनि जोगाउने र एमसीसी पनि पारित गराउने विधि के हुन सक्छ ? भन्नेमा सत्ता गठबन्धन दलकै शीर्ष नेताहरुसँग छलफलमा बसेका हुन् ।

पौडेलको आसय वुझेका माओवादी अध्यक्ष प्रचण्डले पनि पौडेललाई गठबन्धन नभत्किने वचन दिएका थिए । भेटपछि सञ्चारकर्मीसँग कुरा गदै प्रचण्डले एमसीसी र सत्ता गठबन्धनका विषयमा पौडेलसँग सम्वाद भएको बताए ।

प्रचण्डसँग एमसीसी सदनबाट निकास पाउनुपर्छ भन्ने विषयमा छलफल भएको कांग्रेस नेता पौडेलले बताए ।

‘एमसीसी पनि फेल हुनु भएन र गठबन्धन पनि फेल हुनु भएन भन्ने प्रस्ताव प्रचण्डजीलाई राखे , प्रचण्डजी पनि त्यसमा सहमत हुनुभएको छ,’ नेता पौडेलले मेराे न्यूजसँग भने ।

नेता पौडेल गठबन्धनको उच्चस्तरीय संयन्त्रका संयोजक समेत हुन् । उनले गठबन्धनका शिर्ष नेताहरुसँग भेटेका हुन् ।

आइतबार संसदमा एमसीसी टेबल भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा तिब्र रुपमा आफू निकट र अन्य दलका शिर्ष नेताहरुसँग छलफलमा छन् । देउवा संसदमा कसरी बहुमत पु्र्याउँने विषयमा लागेका देखिन्छन् ।


पौडेलसँगको भेटपछि प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

(शीर्षक परिवर्तन गरिएको छ सं.)

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया