बुधबार, वैशाख २६, २०८१

शंखरापुरमा निसास्सिएर एक दम्पतीको मृत्यु

मेरोन्यूज २०७८ माघ १३ गते १०:५७

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा निसास्सिएर एक दम्पतीको मृत्यु भएको छ।

Advertisement

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार शंखरापुर नगरपालिका ३ का ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमार थिङको निसास्सिएर मृत्यु भएको छ ।

उनीहरू आफू बसेको घरको कोठामा निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गर्न महानगरीय प्रहरी प्रभाग साँखु र महानगरीय प्रहरी वृत्त बौदधको टोली पुगेको छ।

प्रतिक्रिया