आइतबार, वैशाख २३, २०८१

मधेस प्रदेशले राजपत्रमा ‘चुच्चे नक्सा’ हटायो

मेरोन्यूज २०७८ माघ ९ गते ८:२२

काठमाडौँ । तत्कालीन प्रदेश २ ले नाम परिवर्तन गरी ‘मधेस प्रदेस’ बनाएको विषयमा जारी राजपत्रमा ‘चुच्चे नक्सा’ हटाइएको छ । सार्वभौम संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरे पनि मधेस प्रदेशले पुरानै नक्सामार्फत राजपत्र प्रकाशित गरेको हो ।

Advertisement

मधेस प्रदेश नामाकरण गरिएको विषय जानकारी दिन जारी राजपत्रमा चुच्चे नक्सा हटाइएको हो । मधेस प्रदेशका महान्यायधिवक्ता दिपेन्द्र झाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पत्रमा चुच्चे नक्सा नदेखिएपछि सर्वाधिक चासोको रुपमा हेरिएको छ ।

प्रतिक्रिया