आइतबार, वैशाख २३, २०८१

क्रान्तिकारी पत्रकार महासंघ अर्घाखाँचीको संयोजकमा दीपेन्द्र सुनार चुनिए

मेरोन्यूज २०७८ माघ ८ गते २०:२१

र्घाखाँची । क्रान्तिकारी पत्रकार महासंघ अर्घाखाँचीको संयोजकमा दीपेन्द्र सुनार चुनिएका छन् ।

मालारानी गाउपालिका– ६ मा शनिवार सम्पन्न जिल्ला भेलाले दीपेन्द्र सुनारको संयोजकत्वमा ५ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

समितिको सदस्यहरुमा भगवता अधिकारी, दीपक थापा, अनिता झाँक्रीमगर, निर्मला खनाल र केशब खनाल चुनिएका छन् ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) पोलिटब्युरो सदस्य एवं प्रदेश सचिव भुपेन्द न्यौपाने, जिल्ला इन्चार्ज टिकाराम पौडेललगायतको उपस्थिति रहेको थियो ।

Advertisement

कार्यक्रममा पार्टी जिल्ला सचिब टकमान राउत, नव बहादुर घम, अखिल क्रान्तिकारीका प्रदेश मनोज थापा, देजमो जिल्ला अध्यक्ष अशोक थापालगायतले नवगठित कार्य समितिलाई शुभकामना दिएका थिए ।

प्रतिक्रिया