शनिबार, वैशाख १५, २०८१

नयाँ रक्षा सचिव शर्माको पद बहाली

मेरोन्यूज २०७८ माघ ३ गते १८:१६

काठमाडौं । नयाँ रक्षा सचिव किरणराज शर्माले सिंहदरबास्थित रक्षा मन्त्रालयमा सोमबार पदबहाली गरेका छन् ।

मन्त्रालयमा उनलाई सहसचिव बाबुराम अधिकारीलगायत कर्मचारीले स्वागत गरे । सरकारले केही दिनअघि उहाँलाई बागमती प्रदेशको प्रमुख सचिवबाट रक्षा मन्त्रालयको सचिवमा सरुवा गरेको हो ।

यसअघिका रक्षा सचिव वेगेन्द्रराज शर्मा पौड्याल पुस १४ गतेदखि सेवा निवृत्त भएपछि मन्त्रालयमा सचिव पद खाली थियो ।

यसबीचमा सहसचिव अधिकारीले निमित्त सचिवका रुपमा जिम्मेवारी सम्हालेका थिए ।

यसैबीच, प्रधानसेनापति प्रभुराम शर्माले नयाँ रक्षा सचिव शर्मालाई सोमवार नै भेट गरी बधाई दिएका छन् ।

प्रतिक्रिया