आइतबार, वैशाख २३, २०८१

नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री

मेरोन्यूज २०७८ पुष २९ गते १८:३१

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकको जीवनरक्षाका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

Advertisement

पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमण दर निकै बढेकामा चिन्ता व्यक्त गर्दै उनले संक्रमण नियन्त्रण गर्न सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको बताए ।

सामाजिक सञ्जालमार्फत सरकारका प्रवक्ता कार्कीले भने, “पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमणको दर निकै बढेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको छ । नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध छ । खोप अभियान तीव्रगतिमा अगाडि बढेको छ । म आमनागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन हार्दिक आग्रह गर्दछु ।”

प्रतिक्रिया