बिहीबार, वैशाख २७, २०८१

नेपालमा पहिलो पटक दृष्टिविहीन फुटबलको आयोजना (तस्वीरहरु)

जुली गिरी २०७८ पुष २ गते १५:०८

काठमाडौँ । नेपालमा पहिलो पटक दृष्टिविहीन फुटबल भएको छ । नेपाल नेत्रहिन संघले नेपालमा पहिलो पटक दृष्टिविहीन फुटबलको आयोजना गरेको हो । खेल धुम्बाराहीस्थित धन्यन्तरी फुट्सलमा भएको थियो । यसअघि नेपालमा दृष्टिविहीनका अन्य खेल हुँदै आएपनि फुटबल भने पहिलो पटक अवसर पाएको हो ।

Advertisement

पाँच दिनसम्म चलको खेलको आज अन्तिम दिन हो । खेलमा दुई वटा टिम रहेका छन् । एक टिममा पाँच जना खेलाडीको सहभागिता रहेको छ । खेलाडीलाई सन्देश श्रेष्ठले परिक्षण गराएका थिए । टिमको नेतृत्व बीरु श्रेष्ठले गरेका थिए । नेपाल नेत्रहिन संघका अध्यक्ष निलबाहादुर लिम्बुले दृष्टिविहिन खेलाडीको मनोबल बढाउन खेलको आयोजना गरिएको बताए । उनले भविष्यमा पाराओलम्पिकमा नेपाली दृष्टिविहिन खेलाडीहरुलाई पुराउन सकिने बताए ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया