बुधबार, वैशाख २६, २०८१

मतदाता मत खसाल्न जाने बाटोमा बसे देउवा

मेरोन्यूज २०७८ मंसिर २७ गते १६:३८

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मदान जारी छ । पछिल्लो विवरण अनुसार कांग्रेसको निर्वाचनमा अहिलेसम्म १४५० मत खसेको हाे । पार्टी सभापति शेर बहादुर देउवाले मतदान गरिसकेका छन् ।

Advertisement

उनी मतदान सकेर बालुवाटार गएका थिए । देउवा बालुवाटारबाट पुनः मतदानस्थल फर्किएका छन् । देउवा मतदाता मत खसाल्न जाने बाटैमा बसिरहेका छन् । उनले मतदातालाई प्रभावित पार्न मतदान स्थलमा बसेको बताइएको छ ।

शुक्रबार उद्घाटन भएको कांग्रेसको १४औं महाधिवेशनमा सोमबार १२ बजेदेखि मतदान सुरु भएको थियो । कुल चार हजार ७४३ महाधिवेशन प्रतिनिधिले कांग्रेसको महाधिवेशनमा मतदान गर्ने छन् ।

प्रतिक्रिया