शुक्रबार, वैशाख १४, २०८१

सिटिजन्स बैंकको कार्डबाहकलाई होटल सिटिपार्कबाट विशेष छुट

मेरोन्यूज २०७८ मंसिर १७ गते १८:१३

काठमाडौं । होटल सिटिपार्क प्रालि जनकपुरले सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने भएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल सिटिपार्क प्रालि जनकपुरबीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले होटल सिटिपार्कको सेवा सुविधामा विशेष छुट पाउने भएका हुन् ।
हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।

मोबाइल बैकिङ्ग मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसकुमार काफ्लेले जानकारी दिए ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ११४ वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट करिव १२ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया