बिहीबार, वैशाख २७, २०८१

भारतमा भेटियो सात टाउके नागको काँचुली

मेरोन्यूज २०७८ मंसिर १६ गते १५:२५

एजेन्सी । भारतको तमिलनाडुको बेंगलुरुबाट करिब ६० किलोमिटर टाढा डोड्डी गाउँमा सात टाउके नागको काँचुली भेटिएको छ ।

Advertisement

यसलाई हेर्न उक्त स्थानमा निकै ठूलो भीड लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । मानिसहरुले त्यहाँ सात टाउके नाग त देखेनन् तर उनीहरुले काँचुली देखेर निकै आश्चर्य जनाइरहेका छन् ।

त्यो ठाउँमा सात टाउको भएको नागको काँचुली भेटेपछि मानिसहरु त्यहाँ पुग्ने गरेका छन् । सुरुमा मन्दिरका एक पुजारीले काँचुली देखेका थिए । उनले काँचुली देखेपछि नियालेर हेर्दा केही पर सात वटा टाउको छुटिएको काँचुली भेटेका थिए ।

मन्दिर वरपर सफाइ गर्दा त्यो काँचुली भेटिएकाले पनि त्यसलाई दैवीशक्ति मानिएको छ । मन्दिर शक्तिशाली भएको कुरा यसले पनि प्रमाणित गरेको स्थानिय बासीले दाबी गर्न थालेका छन् ।

प्रतिक्रिया