शुक्रबार, वैशाख १४, २०८१

औपचारिकता पूरा गर्न मात्रै निर्वाचन अपनाएका हौँ : नेता बस्नेत

मेरोन्यूज २०७८ मंसिर १३ गते १०:३८

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले औपचारिकता पूरा गर्न मात्रै एमाले महाधिवेशनमा निर्वाचन हुन लागेको बताएका छन् । सोमबार बिहान पत्रकारसँग कुरा गर्दै उनले विपक्षी मतलाई पनि स्थान दिनु पर्ने भएकाले मतदान हुन लागेको बताएका हुन् ।

‘हलले सम्पूर्ण अधिकार बहुमतले अध्यक्षलाई दिएको थियो, यसो हुँदा हुँदै पनि केही कमरेडले असहमति जनाएपछि हामी लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने भएकाले फरक मत र धारणलाई सम्मान गरी औपचारिकता पूरा गर्न मात्रै निर्वाचन विधि अपनाएका हौँ,’ उनले भने ।

यस्तै, नेता विष्णु रिमालले समय थपेर भए पनि पार्टी एक ढिक्का बनाउने प्रयास भएको बताए । उनले अध्यक्ष मण्डलले तयार पारेको सूचीमा चित्त नबुझाएकाले निर्वाचनमा जानु परेको बताए । उनले एमालेमा कुनै गुट नभएको प्रष्ट पारे ।

प्रतिक्रिया