बुधबार, वैशाख २६, २०८१

फेरि समातियो रक्तचन्दन, १० जना पक्राउ

मेरोन्यूज २०७८ मंसिर १० गते ११:१०

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंबाट फेरि रक्तचन्दन सहित १० जनालाई पक्राउ गरेको छ । प्रहरीले रक्तचन्दनबाट तेल बनाइराखेको ३३ लिटर तेलसहित १० जनालाई काठमाडौंको तिलगंगाबाट पक्राउ गरेको हो ।

Advertisement

महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । रक्तचन्दन र यसबाट बनेका सामग्रीको ओसारपसार नेपालमा प्रतिबन्धित छ ।

पक्राउ पर्नेहरूमा खोटाङका घनश्याम आलेमगर र जीवन थापा, तनहुँका सुदीप ठडराई, काठमाडौंका अनिलचरण श्रेष्ठ, अनुपकुमार श्रेष्ठ, यिक्रम श्रेष्ठ र मदन पोडे, सिन्धुलीका हेमकुमार श्रेष्ठ, मकवानपुरका मंगलसिंह लो र काभ्रेका कर्साङ लामा छन् ।

रक्तचन्दनको तेल प्रतिलिटर ५ लाख रुपैयाँका दरले बिक्री गर्न लागिएको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया