शनिबार, वैशाख १५, २०८१

कञ्चनपुर कांग्रेसको जिल्ला सभापतिसहित बोगटीको प्यानल घोषणा

मेरोन्यूज २०७८ मंसिर ८ गते १९:२६

काठमाडौं । नेपाली कांग्रेस कंचनपुरका जिल्ला सभापतिमा पदम बोगटीले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । बोगटीले बुधबार पत्रकार सम्मेलन जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यसमेत रहेका बोगटी कांग्रेस कञ्चनपुरको सचिव पनि हुन् । बोगटीले नेपाली कांग्रेस कञ्चनपुरको संगठनलाई थप उर्जावान बनाउन र पहिलो पार्टीको रुपमा स्थापित गर्ने आफुले सभापति पदमा उम्मेदवारी दिन लागेको बताए ।

बोगटीको प्यानलबाट उपसभापतिमा बर्तमान सचिव दिवाकर पाण्डे र बर्तमान कोसाध्यक्ष शंकर चन्द, सचिवमा नेपाल ट्रेड युनियनका सुदुर पश्चिम् प्रदेश अध्यक्ष सिद्धराज भट्ट र बर्तमान जिल्ला कार्य समिति सदस्य जनक धामी तथा सहसचिवमा बर्तमान जिल्ला कार्य समिति सहसचिव पुस्कल चौधरी र जिल्ला कार्यसमिति सदस्य कबिराज भट्ट उम्मेदवार भएका छन् ।

प्रतिक्रिया