बिहीबार, वैशाख २७, २०८१

टोखासहित ५ ठाउँमा निःशुल्क व्यायामशाला संचालन

मेरोन्यूज २०७८ मंसिर ७ गते २१:५३

काठमाडौं । ट्रिटन सेकेन्डरी स्कुल, ट्रिटन इन्टरनेशनल स्कुल, शुभश्री कलेज र सेफर्ड कलेजको डिभी एजुकेशनले देशका विभिन्न पाँच ठाउँमा निःशुल्क ब्यायाम कक्षा सञ्चालनमा ल्याएको छ ।

Advertisement

देशका सबै ठाउँमा व्यायाशाला संचालन गर्ने लक्ष्य राखेको यो अभियानले काठमाडौंको टोखासहित ५ ठाउँमा व्यायामशाला संचालनमा ल्याएको छ ।

पछिल्लो दुई वर्षदेखि हामी विश्वव्यापी कोरोना महामारीबाट गुज्रिइरहेकाबेला ब्यायाम निकै महत्वपूर्ण मानिएको छ ।

नेपाली युथ फिटनेस एन्ड क्यालिस्थेनिक्स् (एनवाईएफसी) ले व्यवस्थापन गर्ने गरि डिभी एजुकेशनले गत वर्ष नोभेम्बर महिनामै पहिलो व्यायामशाला काठमाडौंको टोखामा संचालनमा ल्याएको थियो ।

डिभी एजुकेशनले काठमाण्डौको नक्सालमा नेपालकै सबैभन्दा ठूलो व्यायामशाला संचालनमा ल्याएको छ ।

त्यस्तै पा्ेखरा, चितवन र विराटनगरमा पनि व्यायामशाला संचालनमा रहेको छ । अन्य ५ ठाउँमा हामीले छिट्टै नै सेवा विस्तार गर्ने डिभी एजुकेशनको म्यानेजिङ डाइरेक्टर तरुणप्रताप शाहले बताए ।

प्रतिक्रिया