बिहीबार, वैशाख २७, २०८१

अब मोबाइलबाटै टिकट र डाक्टरको अपोइन्टमेन्ट लिन सकिने

मेरोन्यूज २०७८ मंसिर ६ गते १८:१२

काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित मिदास टेक्नोलोजीले मोबाइलबाटै अस्पतालमा दीर्घकालिन उपचार र चिकित्सकसँग टिकट लिन मिल्ने व्यवस्था मिलाएको छ ।

यो सेवामार्फत सेवाग्राहीले बीर, सिभिल अस्पताल र मनमोहन कार्डियोका चिकित्सकसँग मोबाइलबाटै अपोइन्टमेन्ट लिन सकिने छ ।

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरेको छ ।

बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुनेहुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुनेछ ।

यी सेवा लिनका लागि सम्बन्धित अस्पतालको मोबाइल एप्लिकेसन वा मिदास टेक्नोलोजीकोे मेरो डाक्टर मोबाइल एप मार्फत पनि अनलाइन ओपीडी टिकट सेवा प्रदान गर्दे आइरहेको छ ।

बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुने हुँदा अस्पतालमा भिडभाड नहुने कम्पनीको विश्वास छ ।

Advertisement

प्रतिक्रिया