बिहीबार, वैशाख २७, २०८१

थप ३८५ जनामा कोरोना संक्रमण, चार जनाको मृत्यु

मेरोन्यूज २०७८ मंसिर ६ गते १६:३२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ६९७ जनामा नमुना परीक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर पीसीआर विधिबाट भएको परीक्षणमा जम्मा ८ लाख १९ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३३२ जनामा पुष्टि भएको छ ।

सोही अवधिमा कोरोना संक्रमण पुष्टी भएका थप ४ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण पुष्टी भई मृत्यु हुनेको संख्या ११ हजार ५ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

यस्तै, संक्रमितमध्ये हालसम्म ८ लाख ६१७ जना संक्रमणमुक्त भएका छन् । हाल निको हुनेको संख्या ९७.७ प्रतिशत रहेको छ भने देशभर ७ हजार २६९ जना सक्रिय संक्रमित रहेका छन् ।

Advertisement

प्रतिक्रिया