बिहीबार, वैशाख २७, २०८१

नेपालमा थप २३८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

मेरोन्यूज २०७८ मंसिर ५ गते १६:४४

काठमाडौं । नेपालमा थप २ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

Advertisement

पछिल्लो २४ घण्टाको अवधिमा विभिन्न प्रयोगशालामा भएको परीक्षणका क्रममा २ सय ३८ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या ८ लाख १९ हजार १९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ७ हजार १ सय ६७ रहेको छ ।

कोरोना संक्रमण पुष्टी भएका थप एक जनाको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा ३ सय ७० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ३ सय ५९ रहेको छ ।

प्रतिक्रिया