बिहीबार, वैशाख २७, २०८१

थप २९६ जना कोरोना संक्रमण, पाँच जनाको मृत्यु

मेरोन्यूज २०७८ मंसिर ३ गते १६:२६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २९६ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभरका विभिन्न प्रयोगशालामा ८ हजार ९७२ जनाको कोरोना परिक्षण गर्दा २९६ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणबाट २६१ र एन्टीजेन्ट विधिबाट २५ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा भने शुक्रबार १२० संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९१, ललितपुरमा १९ र भक्तपुरमा १० संक्रमित हन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट ५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमण पुष्टी भई मृत्यु हुनेको संख्या ११ हजार ४९४ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा ३६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार ५३९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

Advertisement

प्रतिक्रिया